निर्बाचन पर्यबेक्षण सम्बन्धी प्रेश विज्ञप्ती
आज मंसीर ४ गते दोश्रो संविधान सभा निर्बाचन समग्रमा शान्तीपूर्ण सम्पन्न भएकोछ । यस सस्थाले कुनै पनि देशी तथा बिदेशी संस्थाहरुबाट सहयोग विना नै ४८ जिल्लामा ३२० जना पर्यबेक्षकहरु खाटाईएको थियो । पर्यबेक्षकहरुबाट आएको जानकारी अनुसार निम्नलिखीत प्ररम्भीक निकर्ष निकालीएको जानकारी गराउदछौं ।
- १. गोरखामा एक दर्जन भन्दा बढी, सिराहा, दैलेख, बझाङ लगाएतका केही जिल्लामा बुज क्याम्चर भएको र राजनितीक दलहरुले मतदान दोहर्याउन निर्बाचन आयोगलाई आग्रह गरिएको तर आयोगबाट सुनुवाई नभएको भनिएको छ । यसबारेमा निर्बाचन आयोगले छानबिन गरोस् र आम जनतालाई सूसुचित गर्ने कार्य गरोस भन्ने आग्रह गर्दछौं ।
- २. अन्य जिल्लाहरुमा समेत केही बुथहरुमा पाटी प्रतिनीधहिरु विच सामान्य बिबाद भएको भए पनि समझदारी पछी मतदान सम्पन्न भएकोछ ।
- ३. यस पटक महिलाहरु र युवाहरुको बढि र सक्रिय सहभागीता देखीयो जुन राम्रो पक्ष रहेको छ ।
- ४. केही प्रर्यबेक्षकले पर्यबेक्षणमा प्रयोग गर्ने सबारीसाधन मतदाताहरु ओसर पसार गर्नको लागी प्रयोग गरेको देखीयो । पर्यबेक्षणको लागी एकै संस्थाबाट सजिलो र पाएक पर्ने बुथहरुमा बढि पर्यबेक्षण गरिएको देखीएको । एक संस्थाबाट एक बुथमा १५ जना सम्म व्यक्तिहरु पर्यबेक्षणको लागी जाने तर टाढा र पाएक नपर्ने ठाँउमा भने नगएको देखीयो ।
- ५. ठुला दलहरुले निर्बाचन आचार संहिता पालना नगरको घटना प्रशस्त देखीयो । भित्ते लेखन, व्यानर, पम्पलेटहरु जाहातही प्रयोग भएको भेटीएको थियो भने निर्बाचन आयोगले कारबाहीको लागी भएको सिफारिस समेत नेपाल सरकारले अबज्ञा गरेको पाईयो । राजनीतीक दलहरुले पनि निर्बाचन आयोगकोले गरको सचेतनालाई वास्ता गरिएको थिएन ।
- ६. केही संचार माध्यमले पूर्णरुपमा आचारसंहीता पालना नगरेको र निर्बाचन आयोगको कारबारीको सिफारिसलाई अबज्ञा गरेको देखीयो ।
- ७. धेरै जसो बुथ केन्द्रमा मतदान गर्ने स्थान सानो र बाहीरबाट हेर्न र निगरानी गर्न सक्ने अबस्थामा राखिएको देखीएको यस सम्बन्धमा हामीले सोधपुछ गर्दा ठाँउको समस्याले यस्तो गर्नु परेको भनाई निर्बाचन अधिकृतहरु थियो । यसबाट मतदाताहरुमा मतदान गर्दा अप्ठ्यारो महसुस गरेको हामीले पाएका थियौं ।
समग्रमा निर्बाचन शान्तीपूर्ण सम्पन्न भएकोमा हामी खुशी व्यक्ति गर्दछौं । यस संस्थाबाट निशुल्क र आफ्नै खर्चमा हामी नेपालीहरुको संविधान सभाको चुनावमा सहभागी हुनु भएका सम्पूर्ण ३२० प्रर्यवेक्षकहरुलाई धन्यबाद ।
मनोज कुमार कँडेल
महासचिब
केन्द्रिय निर्बाचन पर्यबेक्षण परिचालन समिती