FEDEN सचिवालय भृकुटीमण्डप, काठमाडौं
01 5338041
Logo

Notifications

Notifications

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपालको नयाँ नेतृत्व चयन

Feb 20, 2026
admin

काठमाडौँ, माघ ८ गते बिहीबार —
नेपालमा शिक्षा, स्वास्थ्य तथा दुर्गम ग्रामीण क्षेत्रमा गरिबीको रेखामुनि परेका नागरिकहरूको जीवनस्तर उकास्न व्यवसायिक तथा सीपमूलक तालिमसहित विभिन्न सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपालले संशोधित विधान २०८२ अनुसार नयाँ नेतृत्व चयन गरेको छ।

संशोधित विधानअनुसार महासंघको कार्यबाहक अध्यक्षमा वरिष्ठ समाजसेवी श्री डिल्लीराम गिरीज्यू चयन हुनुभएको छ। उहाँको नेतृत्वमा महासंघलाई थप सशक्त, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी नयाँ संरचनाअनुसार उपाध्यक्षहरूमा श्री सुलोचना सिक्देल, श्री अशोक योगी र श्री ध्रुव देव चयन हुनुभएको छ। महासचिवमा श्री मनोज कुमार कंडेल चयन हुनुभएको छ।

सचिव (प्रदेश इन्चार्ज) हरूमा:
कोशी प्रदेश – श्री मदन कटुवाल
लुम्बिनी प्रदेश – श्री बाबुराम पौडेल
बागमती प्रदेश – श्री गंगा दाहाल
गण्डकी प्रदेश – श्री गणेश क्षेत्री
सुदूरपश्चिम प्रदेश – श्री गुणदेव पन्त
मधेश प्रदेश – श्री जयप्रकाश राय यादव
कर्णाली प्रदेश – श्री चन्द्र प्रसाद थानी

प्रदेश संयोजकहरूमा:
कोशी – श्री कमला कंडेल
बागमती – श्री ललित श्रेष्ठ
गण्डकी – श्री विष्णु शर्मा
लुम्बिनी – श्री विजय श्रेष्ठ
सुदूरपश्चिम – श्री देव धामी
कर्णाली – श्री गोविन्द शाही
मधेश – श्री जितेन्द्र यादव

सदस्यहरूमा श्री दिनेश सुवेदी, श्री प्रभातमणि ओझा, श्री केशर कुमार बस्नेत, श्री संता बास्कोटा कोइराला, श्री सिर्जन अधिकारी लगायत चयन हुनुभएको छ।

नवगठित समितिका कार्यबाहक अध्यक्ष श्री गिरीज्यू लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

Membership Form

Democratic NGOs Federation Nepal,
Membership Renewal Form

Get Started

Address

FEDEN Secretariat

Bhrikutimandap, Kathmandu, Nepal

Call Us

+977 - 015338041 (Office)

+977 - 9851021371 (Mobile)

Email Us

nepalfeden@gmail.com

www.feden.org.np

Open Hours

Sunday - Friday

10:00AM - 05:00PM

The Federation of Democratic NGOs Nepal (FEDEN) was established in July 2006 and has grown into a strong national network of over 2,000 member NGOs, with district-level chapters across all 77 districts of Nepal.