FEDEN सचिवालय भृकुटीमण्डप, काठमाडौं
01 5338041
Logo

Notifications

Wednesday, April 22, 2026
साझा धारणा (Common Understanding)

साझा धारणा (Common Understanding)

 

“सामाजिक न्यायका निमित्त गैरसरकारी संस्थाको भूमिका, जवाफदेहिता र पारदर्शिता” विषयक अन्तरक्रिया कार्यक्रम

मिति: २०८२ चैत्र २५ गते, बुधबार
समय: दिउँसो १२:४५ बजे
स्थान: होटल एभरेस्ट, नयाँ बानेश्वर

करिब ६० भन्दा बढी गैरसरकारी संस्था महासंघहरू, विशिष्ट प्रबुद्ध व्यक्तित्वहरू, नागरिक आन्दोलनका अगुवाहरू तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न “सामाजिक न्यायका निमित्त गैरसरकारी संस्थाको भूमिका, जवाफदेहिता र पारदर्शिता” विषयक अन्तरक्रिया कार्यक्रमबाट विस्तृत छलफल पश्चात् निम्न साझा धारणा स्वीकार गरिएको छ:

स्वीकृत साझा धारणा:

१. महासंघहरूबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई संस्थागत गर्दै गैरसरकारी संस्था तथा नागरिक समाजको सुदृढीकरणका लागि दीर्घकालीन तथा अल्पकालीन योजना निर्माण गरी एकीकृत अवधारणा यथाशीघ्र विकास गरिनेछ ।

२. महासंघहरूबीचको सहकार्यलाई मजबुत बनाउँदै तीनै तहका सरकारसँग गैरसरकारी संस्थाको भूमिका प्रभावकारी बनाउन साझा धारणा र कार्यान्वयनयोग्य सहकार्य मोडेल निर्माण गर्न एकबद्ध रूपमा अघि बढ्ने समझदारी भएकोछ।

३. राज्य र गैरसरकारी संस्थाबीच सहकार्यको स्पष्ट नीति तथा योजना अभाव रहेको अवस्थालाई अन्त्य गर्न संयुक्त, समन्वित र शीघ्र पहल अगाडि बढाउने सहमति गरिएको छ।

४. गैरसरकारी संस्थाहरूले आफ्ना आन्तरिक चुनौतीहरूको पहिचान गर्दै बदलिँदो सन्दर्भअनुसार संस्थागत रूपान्तरण गर्ने तथा सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्ने कुरामा हामी एकमत रहेका छौ।

५. वर्तमान सन्दर्भमा विकास परियोजनाभन्दा पनि संविधानको संरक्षण, नागरिक अधिकार, मानवअधिकार तथा समानताको सुनिश्चितताका लागि गैरसरकारी क्षेत्रले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा हाम्रो जोड रहेकोछ।

६. राज्य कानुनी शासनबाट विचलित भई तानाशाही प्रवृत्तितर्फ उन्मुख हुने अवस्थालाई रोक्न तथा लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न नागरिक समाजले सशक्त, जिम्मेवार र संगठित आवाज उठाउनुपर्नेमा सबै सहभागी एकमत भएका छौं ।

निष्कर्ष: यस अन्तरक्रियाले गैरसरकारी संस्था तथा नागरिक समाजबीच एकता, सहकार्य र समन्वयलाई अझ सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनमा संयुक्त रूपमा अगाडि बढ्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

 

Membership Form

Democratic NGOs Federation Nepal,
Membership Renewal Form

Get Started

Address

FEDEN Secretariat

Bhrikutimandap, Kathmandu, Nepal

Call Us

+977 - 015338041 (Office)

+977 - 9851021371 (Mobile)

Email Us

nepalfeden@gmail.com

www.feden.org.np

Open Hours

Sunday - Friday

10:00AM - 05:00PM

The Federation of Democratic NGOs Nepal (FEDEN) was established in July 2006 and has grown into a strong national network of over 2,000 member NGOs, with district-level chapters across all 77 districts of Nepal.